चैत १९ ,संखुवासभा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । संखुवासभाबाट यो बर्ष दुई हजार ८ सय ४९ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा यो बर्ष १७ वटा एसईई परिक्षा केन्द्र तोकीएको छ ।
जिल्लाका १७ वटा परीक्षा केन्द्रमा कुल २ हजार ८ सय ४९ जना परीक्षार्थी सहभागी भएको जिल्ला शिक्षा समन्वय इकाईका सूचना अधिकारी एकराज थापा मगरले बताउनुभयो । जसमा नियमित तर्फ दुई हजार १ सय २५ जना र ग्रेड बृद्धि तर्फ ५ सय २३ जनाले परिक्षा दिएका छन् । जिल्लाभर माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा पूर्णतः मर्यादित, अनुशासित र निष्पक्ष ढंगले सञ्चालन भएको छ । उहाँका अनुसार प्रत्येक परीक्षा केन्द्रमा सुरक्षा प्रबन्ध कडा पारिएको छ भने अनुगमन टोली परिचालन गरिएको छ । जसले परीक्षा प्रणालीमा पारदर्शिता र विश्वसनीयता थप गर्ने विश्वास गरिएको छ । बिहानै परीक्षार्थीहरू केन्द्रमा उपस्थित भएका थिए ।