अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधी पाँचखपनले जित्यो

barunnews.com

 बैशाख १ ः संखुवासभाको चिचिला गाउँपालिका —४ स्थित मत्स्यपोखरीमा जारी अन्तरपालिका  पुरुष भलिबल तथा महिला प्रतियोगिता सम्पन्न भएको छ । चिचिला गाउँपालिका —४ स्थित मत्स्यपोखरीमा सम्पन्न अन्तरपालिका  पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । नयाँ बर्ष २०८३ को अवसरमा चिचिला गाउँपालिका —४ स्थित मत्स्यपोखरीमा आज भएको फाइनल खेलमा अन्तरपालिका पुरुष भलिवल प्रतियोगिताको उपाधी पाँचखपन नगरपालिकाले जितेको छ । चिचिला गाउँपालिकाको पर्यटकीय क्षेत्र मत्स्यपोखरीको प्रवर्धन गर्ने उद्देश्य सहित खुल्ला अन्तरपालिका पुरुष तथा महिला भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । मंगलबार भएको फाइनल खेलमा संखुवासभाको मकालु गाउँपालिकालाई हराउँदै  पाँचखपन नगरपालिकाले उपाधि जितेको हो । पाँचखपनले एक सेटका विरुद्ध तीन सेटको अन्तर मकालु गाउँपालिकालाई पराजित गरेको हो । मकालु गाउँपालिकाले एक सेट जित्दै उपविजेतामा नै चित्त बुझायो । त्यस्तैगरी आयोजक चिचिला गाउँपालिका ए टिम र सभापोखरी गाउँपालिका सेमिफाईनलिष्ट भएका छन् । पुरुष भलिबल तर्फको विजेता पाँचखपनले नगद १ लाख ५५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता मकालुले नगद ७५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्राप्त गरेको छ । त्यस्तैरी सेमिफाईनलिष्ट आयोजक चिचिला ए र सभापोखरीले नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गरेको चिचिला गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष आशिष गुरुङले बताउनुभयो । अन्तरपालिका महिला भलिवल प्रतियोगिताको उपाधी भोजपुरको आमचोक गाउँपालिकाले जितेको छ ।  मंगलबार भएको फाइनल खेलमा भोजपुरकै साल्पा सिलिछो गाउँपालिकालाई पराजित गर्दै आमचोकले उपाधी जितेको छ । प्रतियोगिताको विजयी टिम आमचोकले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र सहित प्राप्त गरेको छ । भने उपविजेता साल्पा सिलिछोले नगद ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र सहित प्राप्त गरेको छ । सेमिफाईनलिष्ट सभापोखरी गाउँपालिका र पाँचखपन नगरपालिकाले नगद १५÷१५ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ । चैत २६ गते सुरु भएको भलिबल प्रतियोगितामा पुरुष तर्फ भोजपुर र संखुवासभाका ५ वटा पालिका र महिला भलिवल तर्फ ७ वटा पालिकाको सहभागिता रहेको आयोजकले जनाएको छ । 


प्रतिक्रिया