सङ्खुवासभा २५ माघ
सङ्खुवासभाको मादी नगरपालिका –६ घर निर्माणका क्रममा लड्दा एक जनाको मृत्यु भएको छ ।
ज्यान गएको छ । मादी नगरपालिका –६ लोया स्थित लिला बहादुर भुजेलेको घर निर्माण गर्न क्रममा लडेर मादी – ५ का ६५ बर्षीय नर बहादुर पौडेलले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताए । आइतबार २ बजे दिउँसो काम गर्दागर्दै लडेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा ल्याइएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पुर्शराम राई सहितकाे टाेलि घटना स्थलमा पुगेको
२६ माघ २०८२, आईतबार ०८:३० मा प्रकाशित