तीनपोखरी कप आमन्त्रित फुटबल ः उपाधीका सेकाहाले जित्यो

barunnews.com

सङ्खुवासभा १ माघ 

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी सेकाहाले जितेको छ । माघे सक्रान्ति मेलाको अवसरमा खेलकुद संस्कृति र पर्यटन,समृद्ध समाज हाम्रो अभियान भन्ने नाराका साथ सुरु भएको तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । खाँदबारी रंगशालामा आज भएको फाइनल खेलमा मकालु फेन्डस क्लवलाई हराउँदै सेकाहा सामुदायिक विकास क्लव तेस्रो तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिताको उपाधी जितेको हो । 

आज भएको खेलमा घरेलु टिम सेकाहा सामुदायिक विकास क्लवले  २–१ गोल अन्तरले मकालुलाई  पराजित गर्दै प्रतियोगिताको उपाधी चुमेको हो । मकालुका जिवन मास्के मगररले पहिलो हाफको ७ औं मिनेटमा  पहिलो गर्दै खेललाई अग्रता दिलाइका थिए । तर मकालुका  रोशन आचार्यले ८ औं मिनेटमा आत्माघाति गोल गरेका थिए। सेकाहाका अनिष धामीले पहिलो हाफको २५ औं मिनेट थप १ गोल गद्रैै टिमलाई विजयी बनाएका थिए ।  प्रतियोगिताको विजयी टिम सेकाहाले नगद २ लाख ५१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको मकालु फेन्डस क्लवले नगद १ लाख २१ हजार रुपैयाँ ट्रफि, मेडल, प्रमाण प्राप्त गरेको छ ।  प्रतियोगिताको समापन कार्यक्रममा बोल्न हुदै कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले खेलकुद मनोरञ्जन मात्र होइन, अनुशासन र सामाजिक परिवर्तनको माध्यम भएको बताउनुभयो ।  आर्थिक मामिला तथा योजना मन्त्री लिङ्थेपले खेलाडी र खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले सधै लगानी गरिरहने प्रतिवद्धता ब्यक्त गर्नु भयो । प्रतियोगितामा विभिन्न विधामा समेत ट्रफि, मेडल, प्रमाण पत्रले सम्मान गरिएको छ । प्रतियोगितामा विभागीय टिम ससस्त्र प्रहरी कोशी प्रदेश पकली, बेलका युथ क्लव उदयपुर,चुलाचुली स्पोटिङ क्लव दमक सहित कोशी प्रदेशका ८ टिमको सहभागिता जनाएको तीनपोखरी समाज विकास क्लवका अध्यक्ष मिनेश चापागाईले बताउनुभयो । 


प्रतिक्रिया