सङ्खुवासभा ६ माघ
संखुवासभामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्कीको उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेबाट नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।
यसअघि उक्त क्षेत्रमा राजेन्द्र गौतमले टिकट पाउँदै आएका थिए । गौतमले २०७४ को चुनावमा जितेका थिए । एमालेका डा.कार्की अहिले क्षेत्रमा कार्की उम्मेदवार बनेका हुन् । उनी विकास, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी लामो समयदेखि ‘आरआरएन’ नाम गैरसरकारी संस्था समेत सञ्चालन गर्दै आएका छन् । एक मात्र क्षेत्र रहेको सङ्खुवासभामा २२ वटा दल सक्रिय रहेका छन् । जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।
७ माघ २०८२, मङ्गलबार ०६:४३ मा प्रकाशित