संखुवासभा, फागुन १३
संखुवासभाको मकालु गाउँपालिका–५ मा फागुन १२ गते पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ। वडा खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको सहभागिता रहेको थियो। चालु आर्थिक वर्ष २०८२/०८३ मा वडाभित्र १६–५९ महिनासम्मका १ सय ६९ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेको विवरण प्रस्तुत गरिएको छ। नियमित खोपबाट कुनै पनि बालबालिका छुटेको नपाइएको जनाएकाे छ ।
पूर्ण खाेप कर्यक्रम अन्तर्गत १३ राेगकाे बिरुद्धमा निशुल्क खाेपसेवा दिईदै आएकाे छ । यस वडामा ५ खाेप केन्द्र काे बयवस्थागरि हरेक महिनाकाे ५ देखि ९गते सम्ममा नियमित खाेप सञ्चालन गर्दै आईरहेकाे रिपाेटमा उल्लेख छ । समुदायको सक्रिय सहयोग र स्वास्थ्य संस्थाको समन्वयमा पूर्ण खोप सुनिश्चितता कायम राख्दै आगामी दिनमा पनि दीगोपना निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा पूर्णखाेप सम्पन्न गर्न याेगदान पुर्यानेलाई सम्मान पत्र र " पूर्ण खाेप सुनिश्चितता र दिगाेपना "छपाईभएकाे टिसर्ट सम्मान गरिएकाे थियाे ।