संखुवासभा मंसिर २६
संखुवासभाको सदरमुकाम खाँदबारीमा भोलि (शनिबार ) तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ । सदरमुकाम खाँदबारी –१ स्थित चाँदनी चोकमा ट्रान्सफर्मर अपग्रेडका लागि शनिबार तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको हो । खाँदबारी –१ स्थित चाँदनी चोकमा ट्रान्सफर्मर अपग्रेडका लागि शनिबार बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।
शनिबार तीन घण्टा सदरमुकाम खाँदबारी आसपासकाका उपभोक्तालाई लक्षित गर्दै विद्युत् अवरुद्ध हुने जानकारी गराएको हो । चाँदनी चोकमा रहेको ५० केभिए ट्रान्सफर्मर ओभर–लोड भएको हुँदा सेवा गुणस्तर सुधार गर्न एक सय केभिएको ट्रान्सफर्मर जडानका लागि विद्युत सेवा अवरुद्ध हुने भएको प्रमुख चौधरीले बताए । उक्त मर्मतको समयमा चाँदनी चौक, पोखरी बजार, भानुचौक, आस्था, रेडक्रस लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने विद्युत कार्यालयले जनाएको छ । साथै उक्त कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत् सेवा तत्कालै सुचारु गरिने समेत जनाएको छ ।