भदौ २४
संखुवासभाको मकाल गाउँपालिका –२ सेदुवामा आगलागि हुदाँ एक घर जलेर नष्ट भएको छ । गएराति आगलागीबाट मकाल –२ सेदुवामा दुर्गे शेर्पाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बुले बताए । आगलागिबाट लाखौँ रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ । घरसँगै रहेको अलैँची भट्टीबाट सल्किएको आगोले घर जलेर नष्ट भएको प्रहरी निरीक्षक लिम्बुले बताए । आगलागिबाट शेर्पाको घरमा भएको खाद्यान्य,लत्ताकपडा लगायत घरमा भएको सम्पूर्ण सामान नष्ट भएको प्रहरीले जनाएको छ । आगो स्थानीयवासी, प्रहरी र नेपाली सेना सहयोगमा नियन्त्रणमा आएको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटना स्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदल दुरीमा पर्दछ ।
२४ भदौ २०८२, मङ्गलबार ०९:४२ मा प्रकाशित