संखुवासभा कात्तिक २
संखुवासभाको सरमुकाम खाँदबारी रहेको नेपाली सेनाको इन्द्र दल गुल्मले खाँदबारी नगरपालिका १ मा रहेको ७ कुवा र आसपासका क्षेत्रमा सरसफाई गरेको छ । इन्द्र दल गुल्मका मेजर नवराज बस्नेतको टोलीले शनिबार खाँदबारी १ मा रहेको ७ कुवा र धारा सरसफाई गरेको हो । सेनाको टोलीले जिल्लाका समुदाय स्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
३ कार्तिक २०८२, आईतबार ०२:२६ मा प्रकाशित