अरुण तेस्रोमा कार्यरत मजदुर माथि चक्कु प्रहार हुदाँ एक जना गम्भीर घाइते

barunnews.com


 सङ्खुवासभा १४ मङ्सिर 

सङ्खुवासभा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना कार्यरत मजदुर माथि चक्कु प्रहार हुदाँ एक जना गम्भीर घाइते भएका छन् ।  चिचिला गाउँपालिका– ३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको साइटमा दुई जना कामदारबीच भएको विवादमा छुरा प्रहार हुँदा एक जना घाइते भएका छन् । कामदारबीच सामान्य भनाभन झगडामा बदलिँदा एक जना घाइते भएका हुन् ।


चिचिला गाउँपालिका –३ स्थित अरुण तेस्रोको विद्युत गृहस्थल पुखुवामा गएराति चक्कु प्रहार हुदाँ  खाँदबारी नगरपालिका –६ खानिडाँडा ३७ बर्षीय देव बहादुर तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजबंशील जानकारी दिए । 

अरुण तेस्रोको विद्युत गृहस्थल पुखुवामा  गएराति सामान्य बिवाद हुदाँ भोजपुरको साल्पा सिलिच्छो गाउँपालिका –४ खाटाम्माका २४ बर्षीय बिनोद कुमार राईकोले  चक्कु प्रहार गरेका थिए । चक्कु प्रहार बाट खाँदबारी –६ खानिडाँडा तामाङको दाहिने कान र टाउकोमा चोट लागेको प्रहरी निरक्षक राजबंशीले बताए ।  घाइते तामाङको जिल्ला अस्पताल खाँदबारीबाट थप उपचारका लागि आइतबार विराटनगर लग्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।  तामाङ माथि चक्कु प्रहार गर्ने राईलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  अरुण तेस्रो आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।


प्रतिक्रिया