सङ्खुवासभा प्रतिनिधिसभा निर्वाचन ः एमालेका उम्मेदवार कार्की विजयी

barunnews.com


भविन कार्की, सङ्खुवासभा २५ फागुन 

सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका डाक्टर अजुर्नकुमार कार्की विजयी हुनु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा नेकपा एमालेका  अजुर्नकुमार कार्की निर्वाचित हुनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गर्दै एमालेका कार्की निर्वाचित हुनु भएको हो ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कार्कीले १५ हजार ६ सय ६३ मत ल्याउँदै निर्वाचित हुनु भएको हो ।  उहाँका निकटतम प्रतिस्पर्धी रास्वपाका शेर्पाले १५ हजार मत प्राप्त गर्नु भएको छ । कार्कीले रास्वपाका शेर्पालाई ६ सय ३६  मतान्तरले पराजित गर्नु भएको हो ।  रास्वपाका उम्मेदवारसँग भएको रोचक प्रतिस्पर्धामा एमालेका कार्कीले  जित निकाल्नु भएको हो । यसपटक १ लाख १९ हजार ६ सय ३०  मतदाता रहेको सङ्खुवासभामा ६३ हजार ६ सय ३४ मत खसेको थियो । २०७९ को निर्वाचनमा एमाले राजेन्द्र प्रसाद गौतमलाई नेपाली काँग्रेसका दिपक खड्काले पराजित गर्नु भएको थियो । त्यसैगरी, २०७९ को विजेता काँग्रेसका उम्मेदवार  दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनु भएको छ ।  श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ९ हजार ८ सय ५७  मतका साथ चौथो स्थानमा रहनु भएको छ । भने नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ८ सय १२ मत प्राप्त गर्नु भएको छ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक स्वतन्त्र सहित १६ जना चुनावी मैदानमा रहेका थिए । 

प्रतिक्रिया