संखुवासभा पुष २०
सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित खराङमा तेस्रो सूर्य बहादुर सोम्याहाङ स्मृति आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । चैनपुर–१० खराङ स्थित खाल्टेमा किरण ज्योति युवा क्लवको आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ माघ २ गते देखि तेस्रो सूर्य बहादुर सोम्याहाङ स्मृति फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । आज खराङमा पत्रकार सम्मेलन गर्दै आयोजक किरण ज्योति युवा क्लव खाल्टेले फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
माघे सक्रान्ति मेलाको अवसर तथा पाँचौ मिनी खेलकुद महोत्सव २०८२ को अवसरमा तेस्रो सूर्य सोम्याहाङ स्मृति आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । यस क्लवको बार्षिकोत्सव तथा पाँचौ मिनी खेलकुद महोत्सव २०८२ को माघ २ गते देखि तेस्रो सूर्य सोम्याहाङ स्मृति आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक सनत कुमार ओक्तुहाङले जानकारी दिए ।
तेस्रो सूर्य सोम्याहाङ स्मृति आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी पकली सहित कोशी प्रदेशका ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा मोरङको सिदार्थ युवा क्लव,फोकस १६ क्लव धरान सहित विभिन्न ८ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ । विजयी टिमलाई नगद १ लाख ११ हजार एक सय ११ रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्रदान गरिने छ । भने उपविजेतालाई नगद ६६ हजार ६ सय ६६ रुपैयाँ कप मेडल प्रदान गरिने छ । सान्तवना २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तैगरी महिला फुटबल तर्फ विजयी टिमले १० हजार रुपैयाँ र उपविजेताले नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजक किरण ज्योति युवा क्लवले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पाँचौ मिनी खेलकुद महोत्सव २०८२ मा झाँकी प्रर्दशन तथा विभिन्न प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार सूर्य बहादुर सोम्याहाङ स्मृति अक्षयकोषबाट प्रदान गरिने आयोजकले जनाएको छ ।