संखुवासभा, चैत २२ भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा प्रथम दिङ्ला कप आमन्त्रित अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ। “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा भोजपुर र संखुवासभाका विभिन्न ६ वटा पालिकाका टिमहरूको सहभागिता रहेको छ। षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईका अनुसार प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै स्थानीय तहबीच खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ बनाउने लक्ष्य लिएको छ। प्रतियोगितामा नगरप्रमुख सुरेन्द्र कुमार उदास विभिन्न वडाका वडाध्यक्ष तथा खेलप्रेमीहरु लगायतको उपस्थिती रहेको थियो । सहभागी टिमहरूले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। स्थानीय स्तरमा खेलकुदको विकास, युवालाई स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने तथा महिला खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजयी टिमले नगद १ लाख ५० हजार रुपैयाँ,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तैगरी उपविजेताले नगद ९० हजार रुपैयाँ, फी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । चैत २१ गते सुरु भएको प्रतियोगिता चैत २४ गते समापन हुनेछ ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि