सङ्खुवासभा, माघ २१
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सङ्खुवासभामा सेना परिचालन गरिएको छ । नेपाली सेनाकाे इन्द्र दल गुल्म खादबारीले तुम्लिङटार, हेदाङ्ना,सभापाेखरी र धर्मदेवि नगरपालिका निर्वाचन बेश स्थापना राखेको छ ।
सेना परिचालन गर्ने सरकारको निर्णय अनुसार नै सङ्खुवासभामा गस्ती सुरु भएको इन्द्र दल गुल्मले जनाएको छ । निर्वाचनका बेला नेपाली सेना बाहिरी सुरक्षा घेरमा रहन्छ । जिल्लामा निर्वाचन लक्षित गरेर आवश्यकता अनुसार चारवटै सुरक्षा निकाय परिचालन गरिने छ । जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । जिल्लामा तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।