पाँचखपनमा बोलेरो गाडीको ठक्करबाट पैदल यात्री मृत्यु

barunnews.com


सङ्खुवासभा २२ फागुन 

सङ्खुवासभाको पाँचखपन नगरपालिका –८ चुङख्रुङमा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पाँचखपन–८  चुङख्रुङ  स्थित भित्री सडक खण्डमा कल्लेरीबाट चुङख्रुङ  जादै गरेको ग २ च ८५३७ नं.को बोलेरोले ठक्करबाट पैदल यात्री ८७ बर्षीया वृद्धा सुक माया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । 

बिहीबार बेलुकी बोलेरो गाडीको ठक्करबाट गम्भीर घाइते हुनु भएकी वृद्धा सुकमायाको उपचारका क्रममा वाना आधारभूत अस्पताल मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । घटना लगत्तै इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी निरीक्षक सुन्दर कुमार यादवको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । प्रहरीले बोलेरो चालक पाँचखपन –८ कल्लेरीका  २५ दिपेश राईलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया