संखुवासभा, माघ १८
नेपाली कम्युनिष्ट पार्टी संखुवासभाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सशक्त चुनावी अभियान सञ्चालन तीव्र पारेको छ । आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी सिलिचोङ गाउँपालिकामा एक सय ५१ सदस्यीय सदस्यीय प्रचारप्रसार कमिटी गठन गरेको छ । जेनजी आन्दोलनका सहिद
प्रविण कुलुङको बुबा बालकिशोर कुलुङको संयोजकत्वमा एक सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको हो । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य राजेन्द्र कुमार किरातीको उपस्थितीमा शनिबार सिलिचोङमा बसेको पहिलो बिस्तारित बैठकले चुनाव प्रचार प्रसार समिति गठन गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सरिता थापा खड्का जिताउन वडा, टोल र बस्ती स्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गर्दै सिलिचोङ गाउँपालिकामा एक सय ५१ सदस्यीय सदस्यीय प्रचारप्रसार कमिटी गठन गरेको कम्युनिष्ट पार्टीले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टी संखुवासभाले १० वटै पालिकामा चुनाव अभियानलाई तिब्रता दिइरहेको जनाएको छ ।