भ्रष्टाचारमुक्त समाजका लागि सङ्खुवासभाका जेनजी र सरोरकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया

barunnews.com

सङ्खुवासभा ५ असोज 

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जेनजी र  सरोकारवाला निकाय बिच छलफल तथा अन्तरक्रिया गरिएको छ । सदरमुकाम खाँदबारीमा आज आइतबार जेनजी पुस्ताको माग अनुसार  जिल्ला समन्वय समितिको सभाहलमा सरोकारवाल निकायहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।  जेनजीले उठाएका बिषयवस्तुका सम्बन्धमा जिल्लास्थित सरकारी कार्यालय र जनप्रतिनिधिहरूबिच खुला अन्तक्र्रिया आयोजना भएको छ । आइतबार सदरमुकाम खाँदबारीस्थित जिल्ला समन्वय समितिको सभाहलमा जेनजी समूहले उठाएको सुशासन कायम र भ्रष्टाचारमुक्त समाज बनाउने अभियानअन्तर्गत सरोकारवालाहरूसँग छलफल तथा अन्तक्र्रिया आयोजना गरिएको हो ।

 जेनजीले मालपोत तथा नापी कार्यालय सहितका सरकारी कार्यालयहरूमा हुने घुस–लेनदेनबारे सामान्य उजुरीको आधारमै तत्काल छारनाविन गरी कारवाही अगाडि बढाउन,सरकारी सबारीसाधन तथा अन्य स्रोत साधनहरूको दरुपयोग पूर्ण रूपमा बन्द गर्न लगायत विभिन्न माग राखेका थिए । जेनजी  सङ्खुवासभाले जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय तहमा भ्रष्टचार र अनियमितता लगायतका विभिन्न विषयको सार्वजनिक गर्न माग राख्दै  प्रमुख जिल्ला अधिकारीलाई भदौ ३० गते ज्ञापन पत्र बुझाएका थिए ।  जिल्ला समन्वय समितिको आयोजनामा जेनजीले उठाएका विषय वस्तुका सम्बन्धमा जिल्ला स्थित सरकारी कार्यालयहरु स्थानीय  तहका जनप्रतिनिधिहरु र जेनजी समूह बीच अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लाका स्थानीय तहहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बोलाइएको भएपनि अधिकांस स्थानीय तहका जनप्रतिनिधिहरु उपस्थित नभए पनि जेनजी समूह रुष्ट भएका थिए ।  

त्यस्तैगरी कार्यक्रममा बोल्दै  प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सरकारी कार्यालयमा देखिएका गल्ती कमिकमजोरी,अनियमितता लगायतका काम आगामी दिनमा सुधार गरेर लैजाने प्रतिवद्धता जनाएकी छन् । जेनजी समूहले जिल्ला स्थित सरकारी कार्यालय र स्थानीय तहमा भ्रष्टचार, अनियमितता लगायतका विषयमा सरकारी पक्षसंग गुनासो राखेको थिए । भ्रष्टचारको अन्त्य र सुशासन कायमका लागि युवा अभियान राखिएको जेनजी समूहका सन्तोश बाह्रकोटीले बताउनुभयो । जेनजी युवाहरूले बिषयगत कार्यालयहरूले गरेको कार्यसम्पादन, अनुदान वितरण, कर्मचारी तथा जनप्रतिनिधीहरूले गर्ने सवारीसाधान दुरूपयोग, करार कर्मचारी नियुक्ति, कार्यालयमा दिने सेवाप्रवाह लगायतका बारेमा विविध प्रश्नहरू उठाएका थिए । 

 

त्यस्तैगरी जेनजी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते युवाहरूका परिबारलाई उचित क्षतिपुर्ती र व्यस्थापनका लागि तत्काल पहल गर्न, महालेखा परीक्षकले औंल्याएका वेरुजु फस्यौटको अवस्थावारे एक साताभित्र प्रेस नोट प्रकाशित गरी, साथै नियमित रूपमा श्वेतपत्र सार्वजनिक गर्न माग राखेका थिए । जेनजीले खाँदबारीमा धेरै ब्याज दिने भनि जनताको रकम लिने र हाल सम्बान्धित व्यक्तिहरुलाई उक्त रकम फिर्ता नदिने, जनताले दुख गरेर राखेको रकम फिर्ता नदिने, दुख दिने गरेको गुनासोका सम्बन्धमा तुरुन्त छानविन माग राखेका थिए । अन्तक्र्रियापछि ७ बुँदे प्रतिबद्धता पत्रमा सबैले हस्ताक्षार गरेका थिए । जिल्लास्थित सबै कार्यालय र जनप्रतिनिधीहरूले सुशासन कायम गराउन र भष्ट्राचारमुक्त समाज निर्माण गर्ने लागि पर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।  


प्रतिक्रिया