सङ्खुवाुभा २५ मङ्सिर
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सङ्खुवासभाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस सङ्खुवासभाले प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार सिफारिस गरेको हो । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै नेपाली काँग्रेसले ९ जना उम्मेदवार सिफारिस गरेको हो । आज बसेको जिल्ला कार्यसमितिको बैठकले आसन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको नेपाली कांग्रेस सङ्खुवासभाले जनाएको छ ।
कांग्रेस सङ्खुवासभाको बैठकले राष्ट्रिय सभामा ५ जना,प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ जना र समानुपातिक तर्फ ११ जनाको नाम सिफारिस गरेको कांग्रेस सङ्खुवासभाका कार्यबाहक सभापति अनन्त कुमार गौलीले जानकारी दिए । प्रतिनिधिसभाका लागि प्रत्यक्षमा कार्यबाहक सभापति अनन्त कुमार गौली, पूर्व उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्का,पूर्व साँसद पासाङ शेर्पा,पूर्व जिल्ला सभापति दिपन कुमार श्रेष्ठ,एकराज पोख्रेल, रामकुमार थापा,केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री तारामान गुरुङ,उमेश चौहान,उर्मिला पाण्डे गौली नाम सिफारिस गरेको छ, भने समानुपातिक तर्फ पूर्व साँसद विना पौडेल,ज्ञान बहादुर कार्की,जीवन कुमार सुन्दास,कल्पना कार्की,कुमारबाबु अधिकारी,मुना दाहाल पोख्रेल,निर्मला तामाङ, बस्नेत,रामबहादुर बस्नेत,शेरबहादुर वन सन्यासी,सितादेवी भट्टराई र उषा कार्कीलाईसिफारिस गरेको छ । त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि अञ्जना लिङ्थेप,चक्रबहादुर विसुन्के,सल्यन नेपाली,पूर्व साँसद टंक प्रसाद राई र थलकुमार लिङ्खाको नाम सिफारिस भएको कार्यबाहक सभापति गौलीले बताए ।