फौजदारी न्याय प्रणालीमा सुधारका लागि जिल्लास्तरीय अन्तर समन्वय बैठक

barunnews.com

संखुवासभा पुष ९ 


सङ्खुवासभाको चैनपुरमा फौजदारी न्याय प्रणालीमा सुधारका लागि जिल्लास्तरीय अन्तर समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला अदालत चैनपुरमा फौजदारी न्याय प्रणालीमा देखिएका चुनौतिहरू र सुधारका लागि सरोकारवालाहरुको जिल्लास्तरीय अन्तर समन्वय बैठक सम्पन्न भएको छ । 

अपराधको अनुसन्धान प्रभावकारी हुन सकेन भने न्याय सम्पादनमै असर पर्ने हुँदा त्यसको अनुसन्धान, अभियोजन र प्रभावकारी न्याय निरुपणका लागि फौजदारी न्याय प्रणालीमै सुधारको प्रयास थालिएको हो । फौजदारी न्याय प्रणाली सुधारका लागि जिल्ला स्थित रहेका संयन्त्रहरुबीच समझदारी अभिवृद्धि गर्ने, न्यायीक काम कारवाहीका दौरान आइपरेका व्यवहारिक समस्याहरुको पहिचान एवं आदान प्रदान गर्ने साथै अन्तर समन्वयलाई थप सुदृढ बनाउने उदेश्यका लागि सरोकारवालाहरुको जिल्लास्तरीय अन्तर समन्वय बैठक गरिएको जिल्ला न्यायाधीश राजकुमार कोइरालाले बताउनुभयो । फौजदारी न्याय प्रणालीका विभिन्न निकायबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्यलाई अभ प्रभावकारी बनाउने उद्देश्यले जिल्लास्तरीय अन्तर समन्वय बैठक गरिएको जिल्ला न्यायाधीश  कोइरालाले बताउनुभयो ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, जिल्ला सरकारी वकिल कार्यालय संखुवासभा, चैनपुरका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौला, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली,  जिल्ला अस्पताल संखुवासभाका वरिष्ठ नर्सिङ अधिकृत सुधा घिमिरे, जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक धनबहादुर राजवंशी तथा इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक पर्शुराम राईको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया