सशस्त्र प्रहरी द्धारा भोटखोलाका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

barunnews.com


भविन कार्की, सङ्खुवासभा २३ कात्तिक 

सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा  सशस्त्र प्रहरी बलले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । भोटखोला –१ किमाथाङ्का स्थित सीमावर्ती क्षेत्रमा रहेको  हिमालय आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले शैक्षिक सामग्री तथा न्यानो कपडा (ट्रयाक सुट)  वितरण गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मको आयोजनामा उत्तरी क्षेत्रको किमाथाङ्कामा हिमालय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा (ट्रयाक सुट)   वितरण गरेको छ । दुर्गम तथा सीमावर्ती क्षेत्रमा हिमालय आधारभूत विद्यालयका विपन्न परिवार र विपद् पीडित विद्यार्थीलाई शैक्षिक सामग्री न्यानो कपडा (ट्रयाक सुट)   वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रहरी नायव उपरीक्षक बाबुराम पौडेलले बताउनुभयो । विद्यार्थीहरुलाई जाडोमा सहजताका साथ विद्यालय आउनजान सहयोग पुग्ने उद्देश्यले न्यानो कपडा वितरण गरिएको उहाँको भनाइ छ । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको उपस्थितीमा उक्त विद्यालयका करिव ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री न्यानो कपडा (ट्रयाक सुट)   वितरण गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी थपलियाले सशस्त्र प्रहरी बल केवल सुरक्षाकर्मीमात्र होइन, समुदायसँग जोडिएर सामाजिक उत्तरदायित्व बहन गर्दै आएकाले यस्तो अभियानले स्थानीयमा सुरक्षाप्रतिको विश्वास र आत्मीयता बढाएको बताउनुभयो । हिमाली जिल्ला सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला हिउँद मौसममा निक्कै चिसो हुने गर्दछ । 

सशस्त्र प्रहरीको बिओपीको समन्वयमा शैक्षिक सामगी तथा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरिएको किमाथाङ्का बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नविन खतिवडाले बताउनुभयो । त्यस्तैगरी प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा टोली,सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको संयुक्त टोलीले जिलाको उत्तरी क्षेत्र किमाथांका नाकामा रहेका नेपाल–चीन सीमाका स्तम्भ निरीक्षण गरेको छ ।  सशस्त्र प्रहरीले जनप्रतिनिधी, स्थानीय सँग सीमाबासीको समस्या तथा समाधान एंव शान्ति सुरक्षा लगायतका विषयमा अन्तरक्रिया समेत गरेको किमाथाङ्का बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । नेपाल–चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन् । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएको छ । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो । 


प्रतिक्रिया