संखुवासभा पुष ३
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। उनले १६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५६४ मत ल्याएका छन्। त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन्।
३ पुस २०८२, बिहिबार ०४:११ मा प्रकाशित