कोशी कप भलिबलको उपाधि आयोजक टाँरी गाउँलाई

barunnews.com

 संखुवासभा असोज २२ 


भोजपुरको षडानन्द नगरपालिका –१२  टाँरी गाउँमा भएको खुल्लो पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको हात पारेको छ । कोशी युवा क्लवको आयोजनामा षडानन्द–१२  स्थित महेन्द्र दय माध्यमिक विद्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा आयोजकले षडानन्द नगरपालिका – १३ बोयालाई ३–१  सेटले पराजित गर्दै आयोजक टाँरी गाउँले उपाधि हात पारेको हो । 

आयोजकसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बोया उपविजेतामा बनेको छ ।  त्यस्तैगरी स्वान्तवना संखुवासभाको सभापोखरी –३ र धनकुटाको पाख्रीबास नगरपालिका –५ बनेका छन् ।  कोशी कप खुल्ला पुरुष भलिबलको उपाधि विजेता षडानन्द नगरपालिका –१२ टाँरी गाउँले नगद ५० हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको कोशी युवा क्लवका सचिव राजेन्द्र तामाङले बताए ।  उपविजेता षडानन्द –१३ बोयाले नगद ३० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । 
 त्यस्तैगरी स्वान्तवना सभापोखरी गाँउपालिका –३ र पाख्रीबास नगरपालिका –५ का टिमले नगद १४÷१४ हजार मेडल र ट्रफि प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ । 
 भलिवल प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडी आयोजक टिमका मनोज गजमेर,बेष्ट स्पाईकर बोयाका कमल श्रेष्ठ, त्यस्तैगरी बेष्ट सेटर   सविन तामाङ,बेष्ट ब्लकर प्रविन तामाङ भएका छन् । बेष्ट लिवरो सभापोखरीका नानी घले, नव प्रतिभा खेलाडी षडानन्द –११ का सविन राई भएका छन् । असोज २० गते सुरु भएको खुल्ला भलिवल प्रतियोगितामा संखुवासभा, भोजपर र धनकुटाका विभिन्न १५ टिमको सहभागिता रहेको आयोजक कोशी क्लवले जनाएको छ । भलिबल प्रतियोगिताको समापन कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई,षडानन्द नगरपालिका नगर प्रमुख सुरेन्द्र कुमार उदास लगायतको उपस्थिती रहेको थियो । कोशी युवा क्लवले विगत दुई दशक देखि विभिन्न संस्करणमा यस्ता प्रतियोगिता गर्दै आएको छ । 

प्रतिक्रिया