सङ्खुवासभाको मकालुमा करेन्ट लागेर एक पुरुषको मृत्यु

barunnews.com



 सङ्खुवासभा २२ पुष 


सङ्खुवासभाको मकालु गाउँपालिका ––५ माङ्सिमा गाउँमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान मकालु– ५, माङ्सिमाको सिमली खोलानजिकै बिजुलीको तार चुँडिएर करेन्ट लागेको अवस्थामा भारी बोकेर हिँडेका व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सङखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो । 

माङ्सिमाका स्थानीय एक व्यक्तिले बाटो हिँड्ने क्रममा बिहान करिब साढे ११ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विद्युत पोलबाट भुईमा खसेको तारको करेन्ट लागेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।  मृतक माङ्सिमाकै अमर बहादुर राई रहेको स्थानीयले बताए । घटनाका जानकारी पाए लगत्तै नुम प्रहरी चौकी र इलाका प्रहरी कार्यालय हेदाङनाका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको छ । घटना स्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट एक दिनको पैदल दुरीमा पर्दछ । घटनामा बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया