सङ्खुवासभाको पाँचखपनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

barunnews.com

सङ्खुवासभा १८ चैत सङ्खुवासभाको पाँचखपन नगरपालिका – ४ मा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ७ बजे  पाँचखपन– ४ खानीगाँउमा ट्याक्टर दुर्घटना हुदाँ पाँचखपन– ४ का २१ बर्षीय रोशन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धन बहादुर राजवंशीले बताउनुभयो ।  पाँचखपन– ४ खानीगाँउ स्थित भित्री सडक खण्डमा वानाबाट टिम्मुरे तर्फ जादै गरेको प्र.१–०२–००३ त ३८६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ट्याक्टरमा सहयोगी काम गर्ने २१ बर्षीय  श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । घटना लगत्तै इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी साहयक निरीक्षक हरी बहादुर खड्काको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्रटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वानामा राखिएको छ । प्रहरीले ट्याक्टर चालक पाँचखपन– ३ सिभुवाका १८ बर्षीय विकाश दर्जीलाई नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया