अशक्तलाई घरमै नागरिक प्रदान
सङ्खुवासभा १८ माघ
सङ्खुवासभाको पाँचखपन नगरपालिका ३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन ३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।
अति अशक्त अवस्थाकी बानियाँले आवश्यक सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा पुस १९ गते निवेदन दिनु भएको प्रजिअ थपलियाले बताउनु भयो । उक्त निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार उनको घरमै पुगेर नागरिकता प्रदान गरिएको हो। त्यस्तैगरी सोहि अवसरमा जिल्ला सुरक्षा समितिले मतदान स्थल निरीक्षण, स्थानीय तहसँग निर्वाचन तयारी, आचारसंहिता पालना लगायत विषयमा अन्तरक्रिया समेत गरेको छ । आगामि फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिए सगै मतदान केन्द्र तथा मतदान स्थल अनुगमन तीब्र पारिएको छ ।