पहिरोले मुहान पुरिएपछि सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति ठप्प

barunnews.com


 सङ्खुवासभा ३० भदौ  

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा पानी आपूर्ति बन्द भएको छ । गएराति बर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि  सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति अवरुद्ध भएको हो । उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार जनाले लाभान्वित हुँदै आएका थिए ।  

खाँदबारी नगरपालिका–४ महभिरस्थित गएराति बर्षासँगै आएको पहिरोले  करिव ६५ मिटर जिआई पाइप बगाएपछि खाँदबारीमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले बताए ।  पहिरोका कारण खाँदबारी बजारमा आज देखि खानेपानी वितरण ठप्प भएको छ । पहिरोले यस अघि गत भदौ ५ गते ठुलो पहिरोले मुहानको इन्टेक पुरेपछि करिव एक साता खानेपानी वितरण ठप्प भएको थियो  । 

खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी नगरपालिका –७ स्थि आर्मी क्याम्प बाट रिर्जवमा रहेको ट्याङकीबाट वितरण गरिने अध्यक्ष बरालले बताए । खानेपानी मर्मतका लागि आजैबाट टोली परिचालन गरिएको र चाडै खानेपानी आपूर्ति सुचारु गरिने  संस्थाका अध्यक्ष दिव्यराज बरालले बताए । संस्थाले तत्काल आपूर्ति सहज बनाउन वैकल्पिक स्रोतको सम्भावना खोजी भइरहेको जनाएको छ । सदरमुकाम खाँदबारीमा दैनिक करिब १० लाख लिटर खपत हुने भए पनि आपूर्ति रोकिएपछि स्थानीयहरू पुराना कुवा र धारामा निर्भर भएका छन् ।  


प्रतिक्रिया