भदौ २९
जेनजी पुस्ताको आन्दोलनमा इटहरीमा मृत्यु भएकाको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ । जेनजीले चौरास्त चोकमा भेला भएर इटहरीमा मृत्यु भएका दुईसहित देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । राष्ट्रिय झण्डासहित भेला भएका जेनजीहरुले अब देशमा आफूहरुको योगदानले शान्ति र समृद्धि हुनुपर्ने कामना गरे । उनीहरुले अब देशमा जेन(जीको आन्दोलनले ल्याएको परिवर्तनको मर्मलाई ध्यानमा राखेर राज्यका हरेक निकायले काम गर्न पनि सुल्झाउ । इटहरीमा जेनजी आन्दोलनका क्रममा इटहरी १४ का ४० वर्षे मोहन सरदार र इनरुवा ६ घर भइ इटहरी आफन्तकोमा बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भएको थियो । मृतक दुवै जनाको आइतबार नै दाहसंस्कार भएको छ । मोहनको आइतबार अपरान्ह दाहसंस्कार भएको हो भने अभिषेकको साँझ दाहसंस्कार भएको हो ।