भदौ २८
काठमाडौँ – भ्रष्टाचार र बेथितिविरूद्व जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन क्रममा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ जना नेताका घरमा आगजनी भएको छ ।
माओवादी केन्द्रले शनिबारसम्म सङ्कलन गरेको तथ्याङ्क अनुसारस भदौ २४ गते उग्र बनेको आन्दोलनका क्रममा उपत्यका र उपत्यका बाहिर रहेका १९ जना नेताहरूको घरमा आगजनी भएको पाइएको हो । प्रदर्शनकाकारीले माओवादी केन्द्रको कोशी प्रदेश कार्यालयमा पनि आगो लगाएर ध्वस्त बनाएको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ । प्रदर्शन क्रममा अधिकांश शीर्ष नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको माओवादी केन्द्रले जनाएको छ । ‘कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकण्र्यताका ऋृङ्खलाविरुद्ध सबैभन्दा बढी आवाज उठाउँदै आएको र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानमा नै फरक मत राखेको गणतन्त्र नेपालको प्रमुख संवाहक दल नेकपा ९माओवादी केन्द्र० का नेताहरू जेन–जी आन्दोलनका घुसपैठियाहरूको निशानामा परेका छन्,’ माओवादीले भनेको छ ।
माओवादी नेताका घर जलाइएको विवरण ः
१ अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।
२ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३ उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४ उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५ उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६ उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७ उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८ उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।
९ सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१० केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११ केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२ केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३ केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४ केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५ केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६ केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७ केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९ केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।
२० प्रदेश नं। १ को पार्टी कार्यालयमा तोडफोड ।