भविन कार्की,सङ्खुवासभा २२ फागुन
सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत ४ वटा मतदान केन्द्रको मतपेटीका हेलिकप्टर मार्फत ल्याइएको छ । भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका ४ वटा मतदान केन्द्रका मतपेटीका शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो । भने प्रतिकुल मौसमका कारण भोटखोलाको दुधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका भोलि (शनिबार) बिहान ल्याइने भएको छ ।
जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिका भित्रका ४ वटा मतदान केन्द्रको मतपेटीका हेलिकप्टर मार्फत ल्याइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । भोटखोलाका दुई र सिलिचोङका दुई मतदान केन्द्रका मतपेटीका हेलिकप्टर मार्फत ल्याइएको छ ।
भौगोलिक रुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको हिमालय आधारभूत विद्यालय किमाथांका र ज्योती आधारभूत विद्यालय रिदाक र सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिव शक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रको मतपेटीका हेलिकप्टर मार्फत ल्याइएको प्रजिअ थपलियाले बताउनुभयो । त्यस्तैगरी प्रतिकुल मौसमका कारण दुधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका भोलि (शनिबार) बिहान ल्याइने उहाँको भनाइ छ । हालसम्म जिल्लाका एक सय ६४ मतदान केन्द्रको मतपेटीका सङ्कलन भइसकेको प्रजिअ थपलियाले बताउनुभयो । भोलि बिहान सबै पालिकाको मतपेटीका आइसकेपछि सर्वदलिय बैठक गरेर मत गणना सुरु गरिने बताइएको छ । मतगणनाका जिल्ला समन्वय समितिको सभा हलमा मत गणना स्थल समेत तयार पारिसकिएको छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।