नगरको सेवाप्रवाह, पारदर्शी,उत्तरदायी र जवाफदेही बनाउन सार्वजनिक सुनुवाई

barunnews.com


सङ्खुवासभा १७ पुष 


सङ्खुवासभाको खाँदबारी नगरपालिकाको सार्वजनिक सुनुवाई गरिएको छ । नेपाल पत्रकार महासंघ संखुवासभाको सहजिकरणमा खाँबारी  नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । आज खाँदबारी –९ तुम्लिङटारमा नगरको विकास निर्माण, सुशासन र सेवाप्रवाहका बारेमा सार्वजनिक सुनुवाई गरेको हो । सार्वजनिक उत्तरदायित्वले सार्वजनिक पद धारण गर्ने व्यक्ति, सार्वजनिक उद्देश्य राख्ने संगठन र सार्वजनिक उद्देश्य राख्ने प्रणालीसँग सम्बध राख्छ । 

आर्थिक बर्ष २०८२÷०८३ को प्रथम चौमासिक अन्तरगर्तको सुनुवाई कार्यक्रम भएको छ । गत साउन महिना देखि हालसम्म नगर परिषदबाट पारित नीति तथा कार्यक्रम, नगरले दिइरहेको सेवाप्रवाह, पारदर्शी,उत्तरदायी र जवाफदेही बनाउन,नीति,योजना तथा कार्यक्रम कार्यान्वयन प्रक्रिया,प्राप्त उपलब्धी जिज्ञासा र गुनासो बारेमा छलफल गर्ने उद्धेश्यले खाँदबारी  नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । नगरपालिकाकालाई जिम्मेवार बनाउने उद्धेश्यले हाम्रो कमीकमजोरी बारेमा राय लिनका लागि नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताउनुभयो । नगरभित्रका र नगरपालिकासँग सम्वन्धित जुनसुकै बिषयमा आफ्नो जिज्ञासा राख्न र सम्वन्धित जिम्मेवार ब्यक्तिहरुबाट सुझावको अपेक्षा गरि कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख थपलियाले बताउनुभयो । 

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत पदम प्रसाल बजगाईँ सेवा प्रवाह र विकास निर्माणका कार्यहरुको पारदर्शीताको लागि आज चुनौती सिर्जना भएको बेला सार्वजनिक सुनुवाईले सुशासन कायम गर्न सहजता भएको बताउनुभयो । आन्तरिक आय कम भएका बेला जनतालाई सहज हुनेगरि नयाँ आएका स्रोतहरु पहिचान गर्न आवश्यकता भएको प्रशासकिय अधिकृत बजगाईाले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका स्थानीय बासिन्दाहरुले विभिन्न क्षेत्रका बारेमा जिज्ञासा तथा प्रश्न गरेका थिए । नगर भित्र खोलिएका उद्योग धन्दा कल कारखालाले प्रदुषण बढेको, नगरभित्र ढुङ्गा गिट्टी बालुवा बाट उठेको कर वडा तहसम्म आउनु पर्ने र नगर क्षेत्र भित्र पर्ने कोशी राजमार्ग क्षेत्रको लगत कट्टा चाडो गरिनु पर्ने,फोहोर मैला ब्यवस्थापन, सडक आयोजना, विद्यालय क्षेत्रमा भएका समस्या, राजश्व,कर वृद्धि सुशासन र सेवाप्रवाहका बारेमा नागरिकहरुले प्रश्न गरेका थिए ।  नगरक्षेत्रको बिकासका लागि भईरहेका कामहरु के कसरी अगाडि बढिरहेको, लक्षको तुलनामा उपलब्धी र प्रगतिहरु के कस्ता रहेका छन, नगरले राखेका भावी योजना, समस्या चुनौती र संभावनाका बारेमा उठेका जिज्ञासा र प्रश्नहरु गरेका थिए ।


प्रतिक्रिया