मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

barunnews.com


 सङ्खुवासभा ३० पुष 


मकालु राष्ट्रिय निकुञ्ज अन्तरर्गत सङ्खुवासभाको मकालु गाउँपालिका –२ मा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन् । मकालु राष्ट्रिय निकुञ्ज अन्तरर्गत मकालु गाउँपालिका–२ मा भालुले आक्रमण बाट ५९ वर्षीय वृद्ध पदम बहादुर पराजुली गम्भीर घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक धन बहादुर राजवंशीले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो घर नजिकै  जङ्गलमा बाँस काट्न जानु भएका ५९ वर्षीय वृद्ध पराजुलीलाई भालुले आक्रमण गर्दा गम्भीर घाइते हुनु भएको हो । बाँस काट्न क्रममा अचानक जङ्गलबाट निस्केको भालुले उहाँ माथि आक्रमण गरेको थियो । 

 भालुको आक्रमणबाट दाहिने हातको बुढी औंला खाएको छ । तिघ्रामा गहिरो चोट लागेको निमित्त प्रहरी प्रमुख राजवंशीले बताउनुभयो । भालुको आक्रमण बाट गम्भीर घाइते हुनु भएका वृद्ध पराजुलीको जिल्ला अस्पताल खाँदबारी उपचार हुन नसेकेपछि बुधबार थप उपचारका लागि काठमाडौं लग्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मकालु बरुण राष्ट्रिय निकुन्ज क्षेत्र भित्र रहेको उक्त क्षेत्रमा बर्षेनि भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका छन् । निकुन्ज क्षेत्र भित्र अहिलेसम्म एक दर्जन व्यक्ति भालुको आक्रमण बाट घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ ।


प्रतिक्रिया