भदौ २४
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजीहरूलाई नेपाली सेनासँग वार्ता गर्न तयार रहनुपर्ने बताएका छन्। तर, त्यसअघि संसद् विघटन हुनुपर्ने उनले माग गरेका छन्। बालेनले प्रधानमन्त्रीको राजीनामा आइसकेकाले जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन्। हामीले स्पष्ट रूपमा भनेका थियौँ। यो नितान्त जेनजीको आन्दोलन हो। प्रिय जेनजी, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो। तपाईँ,हामी अब संयमित हुनु जरुरी छु,उनले भने,अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ। तयार रहनुहोला साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला। तर याद रहोस्, वार्ता गर्नु अघि संसद् विघटन भएको हुनुपर्छ।
२४ भदौ २०८२, मङ्गलबार ०४:३३ मा प्रकाशित