सङ्खुवासभा ९ माघ
सशस्त्र प्रहरीका संस्थापक स्वर्गीय कृष्णमोहन श्रेष्ठको गृह जिल्ला सङ्खुवासभाको चैनपुरमा सशस्त्र प्रहरी बल नेपालको २५ औं स्थापना दिवस मनाइएको छ । चैनपुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ४ गुल्मको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्दै स्थापना दिवस मनाएको हो । सशस्त्र प्रहरी बल नेपालको २५ औं स्थापना दिवसको अवसरमा शुक्रबार सशस्त्र बल प्रहरी अरुण गुल्म चैनपुरको आयोजनामा रक्तदान गरिएको हो । सशस्त्र बल प्रहरी अरुण गुल्म चैनपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी संखुवासभाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
सशस्त्र प्रहरीका् २५ औं स्थापना दिवसको अवसरमा ३२ जनाले रक्तदान गरेको सशस्त्र बल प्रहरीअरुण गुल्म चैनपुरका डिएसपी बाबुराम पौडेलले बताउनुभयो । जिल्लामा रगतको अभावमा कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अरुण गुल्मका डिएसपी पौडेलले बताउनुभयो । सशस्त्र प्रहरीका संस्थापक स्वर्गीय कृष्णमोहन श्रेष्ठले २०५८ सालमा चैनपुरमा अरुण गुल्म चैनपुरको स्थापना गर्नु भएको हो । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी,प्रहरी निजामती कर्मचारीले रक्तदान गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा संखुवासभाको चैनपुरमा सालिक समेत स्थापना गरिएको छ । गत जेठमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सालिक अनावरण गर्नु भएको थियो । चैनपुर नगरपालिकाको करिब ६ लाख लागत सहयोगमा उक्त सालिक निर्माण गरिएको हो ।
भविन कार्की
१० माघ २०८२, शुक्रबार ०३:४० मा प्रकाशित