सङ्खुवासभा २३ पुष
सङ्खुवासभाको उत्तरी क्षेत्र मकालु गाउँपालिका –३ स्थित हेदाङ्नामा इलाका प्रहरी कार्यालय भवन उद्घाटन भएको छ । मकालु –३ हेदाङ्नामा सुविधा सम्पन्न प्रहरी चौकी भवन उद्घाटन भएको छ । शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले आफ्नै गाउँघरमा चौकी स्थापना गरेपछि स्थानिय खुसी भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले आज इलाका प्रहरी कार्यालय हेदाङ्नामा रहेको भवन उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी ) विनोद घिमिरेले प्रहरी शासन गर्न नभई जनताको सेवाको लागि आएको बताउनुभयो । जनता पनि विना बर्दीको प्रहरी भएका कारण प्रहरी र नागरिक सम्बन्ध सुमधुर हुनु पर्ने बताउनुभयो । प्रहरी एकलैले समाजमा हुने विभिन्न खालका अपराधहरु नियन्त्रण गर्न कठिन हुने भन्दै त्यसका लागि जनतासँगको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । प्रहरी जनतासँगको सहकार्यमै सफल हुँदै आएको भन्दै जनताको चाहाना अनुसार सेवा प्रदान गर्न री नायब महानिरीक्षक घिमिरेले निर्देशन समेत दिनु भएको छ । यातायातको पहुँच कम भएको हिमाली जिल्लामा सङ्खुवासभा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्तीहरु परिचालन गरी दुर्गम भेगका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पु¥याउन तथा सचेतनामूलक कार्यक्रमहरु संचालन गरी समाजमा घट्ने विभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेले प्रहरी कर्मचारीलाई नर्देशन समेत दिनुभयो । समाजमा अपराधका घटना हुन नदिन र भएका अपराधहरुको सफल अनुसन्धान गरी प्रहरीको छविलाई सधै उच्च बनाउने इमान्दारी पूर्वक दैनिक प्रहरी कार्य सम्पादन गर्नुपर्ने उहाँले बताउनु भएको छ ।
मुद्दा चलाउदा वा थुनुवा लिएर सदरमुकाम खाँदबारी पुग्नुपर्ने वाध्यतालाई महसुस गर्दै इलाका प्रहरी कार्यालयले मुद्दा चलाउने वातावरण मिलाउन स्थानीयले माग गरे । हेदाङ्नामा इलाका प्रहरी कार्यालय स्थापना भएपछि दुर्गम गाउँमा सुरक्षा महसुस गरेको मकालु गाउँपालिका अध्यक्ष वाङदि छिरिङ शेर्पाले बताउनुभयो । राज्यको सेवा जनताको घरघरमा पु¥याउने उदेश्यले प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाल मैनालीले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा जग्गा दाताहरुलाई समेत सम्मान गरिएको थियो । राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोगमा ३ करोड २० लाख ८६ हजार ३ सय ५७ रुपैयाँको लागत निर्माण गरिएको हो । निर्माण कम्पनी सिनु कन्ट्रक्सन मैतिदेविले निर्माण गरेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया सहित जिल्ला स्थित विभिन्न सुरक्षा निकायको उपस्थिती रहेको थियो ।