माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

barunnews.com


असोज २६ 

संखुवासभा ।  पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

सिआइबीका अनुसार २०७९र०९र१० गते प्लाई दुबइ को फ्लाइट नम्बर एफ जेट ०५८७ बाट नेपाल आएका चिनिया नागरिक राहदानी नम्बर इजे ६३५००३० वाहक एलआइ हेङसोङ ले २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट भेप अवैध रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा जफत भएको थियो। 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएकोमा कार्यालयका नायव सुब्बा रेवन्त खड्‌का समेतले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ९सुन सहितको० ईलेक्ट्रिक सिगरेट भेपमा मा रहेको मूल्य ९आठ करोड पचपन्न लाख अठ्ठाईस हजार तीन सय चौहत्तर बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएको थियो।भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको भन्दै महरालाई आज पक्राउ गरी थप अनुसन्धान कार्य भई भइरहेको सिआइबीले जनाएको छ।

यसअघि नै अनुसन्धानको दायरामा तानिएका उनी सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन।


प्रतिक्रिया