नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी नियुक्त

barunnews.com

भदौ २९ 

 संखुवासभा ।  सरकारले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेको छ। उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन्। यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।


प्रतिक्रिया