सङ्खुवासभामा टिपर दुर्घटनाः चालक सहित दुई जना घाइते

barunnews.com

सङ्खुवासभा २७ असोज

कोशी राजमार्ग अन्तरर्गत सभाखोला –लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका –११  स्थित पुल डाडाँमा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान साढे ११ बजे लेगुवाबाट खाँदबारी तर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क् २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् । दुर्घटनामा परेर  टिपर चालक सिन्धुली नगरपालिका –१२  का ३० बर्षीय चुक्त बहादुर राउत र सहचालक भोजपुरको ट्याम्केमयुम गाउँपालिका –९ का २८ बर्षीय रविन फुयाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुार लामिछानेले बताउनुभयो । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । 

घाइते मध्ये सहचालक ट्याम्केमयुम –९ का २८ बर्षीय फुयाल गम्भीर घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछाने बताउनुभयो । उनको टाउको र शरीरका विभिन्न भागका चोट लागेको छ । त्यस्तैगरी चालक राउतको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रतिक्रिया