संखुवासभा मंसिर १५
सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ स्थित पाङ्मामा नवौं आमन्त्रित पाङ्मा कप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । खाँदबारी–४ स्थित लोहोरुङ क्लव पाङ्माको आयोजनामा पाङ्मालाई खेलकुदको माध्यमबाट राष्ट्रिय स्तरमा चिनाउन तथा स्थानीय समुदायको संस्कृतिलाई उथान एवम् प्रवद्र्धन गर्ने उद्देश्यले नवौं पाङ्मा आमन्त्रित फुटबल भगिवन्त रंगशालामा नवौं पाङ्मा कप आमन्त्रित फुटबल प्रतियोगिता सुरु भएको हो ।
किरात राईहरुको मौलिक पर्व साकेला उद्यौलि पर्व धान्य पूर्णिमाको अवसरमा दुई बर्ष अघि देखि लाग्दै आएको ढांडे मेला अवसरमा सोमबार देखि नवौं पाङ्मा कप फुटबल प्रतियोगिता सुरु भएको छ । नवौं पाङ्मा कप फुटबल प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका नगर प्रमुख महेश थपलियाले गरे । आज भएको उद्घाटन खेलमा मकालु फ्रेन्स्ड क्लवले विजयी सुरुवात गरेको छ । आयोजक लोहारुङ क्लव पाङ्मालाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवता गरेको हो । पहिलो हाफमा १ गोल गर्दै आयोजक लोहोरुङ क्लव अग्रता लिएको थियो । दोस्रो हाफपछि लगातार दुई गोल गर्दै मकालु फ्रेन्स्ड क्लवले विजयी सुरुवात गरेको हो ।
आगामी मंसिर १९ गते सम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा सङ्खुवासभा, भोजपुर सहितका विभिन्न जिल्लाका ८ क्लबको सहभागिता जनाएको प्रतियोगिता संयोजक ध्यान सिं राईले बताए । विजयी टिमलाई नगद २ लाख ५० हजार रुपैयाँ, ट्रफि, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछ । भने उपविजेतालाई नगद एक लाख रुपैयाँ कप मेडल प्राप्त गर्नेछ छ । त्यस्तै गरी सेमिफाइनलमा प्रवेश गरेको दुई टिमलाई नगद २५÷२५ हजार प्रदान गरिने आयोजक लोहोरुङ क्लवले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ प्रमाण पत्रलेसम्मान गरिने आयोजकले जनाएको छ । फुटबल प्रतियोगितामा करिब नगद ११ लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्य फुटबल प्रतियोगिता गर्ने लागिएको आयोजकले जनाएको छ ।