१ असोज, संखुवासभा ।
जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन् । प्रहरीले उनको नाम भने खुलाएको छैन । पक्राउ परेका उनलाई कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे पनि प्रहरीले केही बताएको छैन । २४ भदौमा ती प्रदर्शनकारीले एसपी ओलियाको फुलीसहितको बर्दी लगाएका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
१ असोज २०८२, बुधबार ०३:०० मा प्रकाशित