काठमाडौंका तीनवटै जिल्लामा कर्फ्यू आदेश, बानेश्वरमा अवज्ञा

barunnews.com

भदौ २४  


काठमाडौं । जेनजीको आन्दोलन थप चर्किने देखेको सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। 

काठमाडौंको चक्रपथभित्र अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरिएको छ। बिहान साढे ८ बजेदखि लागू हुने गरी अर्को आदेश नभएसम्म चक्रपथभित्र कफ्यू आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो। 

तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै जुलुस, सभा, प्रदर्शन बैठक, घेराउ लगायतका भेला गर्न नपाईने सुचनामा भनिएको छ। 

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले तीन क्षेत्रका कर्फ्यूआदेश जारी गरेका छन्। मन्त्रीनिवासलाई लक्षित गरी भैसेपाटी ललितपुर महानगरको वडा नं ४, १८ र २५ मा चारकिल्ला तोकिएको छ। यस्तै एमाले पार्टी कार्यायलाई लक्षित गरी वडा नं ९ च्यासल क्षेत्रमा कर्फ्पू जारी गरिएको छ। 

यस्तै कांग्रेस पार्टी कार्यालय लक्षित गरी सानेपा क्षेत्रमा समेत कर्फ्यूलगाईएको छ। हिजो एमाले पार्टी कार्यालयमा आगजनीको प्रयास भएको थियो।  यी क्षेत्रमा आज बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कफ्र्यू आदेश जारी गरिएको जनाएका छन्। यता भक्तपुरमा पनि विभिन्न क्षेत्र तोकेर कर्फ्यू आदेश जारी भएको छ। भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले विज्ञप्ती जारी गर्दै विहान साढे ८ बजेबाट नै कर्फ्यूको आदेश भएको हो। काठमाडौं बाहिरका शहरहरुमा समेत कमा समेत कर्फ्यू  र निषेधाज्ञा जारी छ। धेरै शहरहरुमा भने कर्फ्यूहटाएर निषेधाज्ञा कायम गरिएको छ। 

प्रतिक्रिया