भदौ २४
काठमाडौँ । पछिल्ला घटनाक्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट र तोडफोडका गतिविधि बढ्दै गएपछि नेपाली सेनाले यस्ता कार्य नगर्न आग्रह गरेको छ।
नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा यस्तो गतिविधि रोक्न आज राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकाय सक्रिय रूपमा तैनाथ हुने उल्लेख गरिएको छ। शान्ति–सुरक्षा कायम गर्न विशेष जिम्मेवारीसहित परिचालन गरिने सेनाले स्पष्ट पारेको छ। विज्ञप्तिमा सुरक्षालाई सहयोग गर्न नागरिकलाई अपील गरिएको छ। साथै, परिस्थितिको पुनर्मूल्याङ्कन गर्दै आवश्यक परे थप सूचना सार्वजनिक गरिने समेत सेनाले जनाएको छ।
२४ भदौ २०८२, मङ्गलबार ०९:२२ मा प्रकाशित