सङ्खुवासभामा मापसे गरी प्रहरी अभद्र ब्यवहार गर्ने ४ जना पक्राउ

barunnews.com


  सङ्खुवासभा ८ कात्तिक 

सङ्खुवासभाको चैनपुर नगरपालिकामा मापसे गरी प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा ४ जना पक्राउ  परेका छन् । चैनपुर –३ मगर  गाउँबाट मापसे गरी प्रहरीलाई अभद्र ब्यवहार गरेको आरोपमा ४ जना पक्राउपक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर –३ का ६० बर्षिय मगर गाउँका चन्द्र बहादुर आले मगर,४१ बर्षिय पुर्ण बहादुर आले मगर,४० बर्षिय तेजबहादुर आले मगर र सोहि ठाउँका ३८ बर्षिय दाछिरिङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताउनुभयो । 

उनीहरुलाई बिहिवार राति इलाका प्रहरी कार्यालय चैनपुरको टोलिले पक्राउ गरेको हो ।  होहल्ला गरेको जानकारी पाउन साथ तत्काल घटना पुगेको प्रहरी  चौकी सिद्धपोखरीका साहय प्रहरी निरिक्षक भिम बहादुर बराल सहितको टोलिले सम्झाई बुझाई गर्ने क्रममा मादक पदार्थ सेवन गरेको ४ जनाको समूहले अभद्र व्यवहार गरेका थिए । पक्राउ परेका चारै जनामाथि इलाका प्रहरी कार्यालय चैनपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो । 

प्रतिक्रिया