जिल्ला समन्वय समिति सदस्य तथा नेपाली काँग्रेस क्षेत्रिय सभापति राई मृत भेटिए

barunnews.com

सङ्खुवासभा, ८ मंसिर  

जिल्ला समन्वय समिति सङ्खुवासभाका सदस्य मृत भेटिएका छन् । जिल्ला समन्वय समिति सदस्य  देउमान राई मृत अवस्थामा फेला परेका छन् । मकालु गाउँपालिका –३  हेदाङना निवास समन्वय समिति सदस्य  राई आइतबार दिउँसो मृत अवस्था फेला परेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए । 

समन्वय समिति सदस्य राई मकालु –३   हेदाङना स्थित घर नजिकैको धारामा मृत अवस्थामा फेला परेका छन् । समन्वय समिति सदस्य राईका हृदयघातका कारण मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए । मृतक राईको शव पोष्टमार्टमका सोमबार सदरमुकाम खाँदबारी ल्याइदै छ । राई हिमालय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा नेपाली काँग्रेस सङ्खुवासभाको क्षेत्रिय समितिका सभापति समेत हुन् । 


प्रतिक्रिया