सिलिचाेङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

barunnews.com
सङ्खुवासभा, २४ माघ 

सङ्खुवासभाकाे सिलिचाेङ  गाउँपालिका–२ लाेक्छाेङमा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिलिचाेङ  –२ काे भित्री सडक खण्डमा माेटरसाइकल दुर्घटना हुँदा सिलिचाेङ - २ बेतेनी घरभई भाेजपुरकाे साल्पा सिलिछाे -१ काम्लेटार बस्ने ५६ बर्षिय प्रेम कुमार राईको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।  शनिबार दिउँसो साढे ३ बजे सिलिचाेङ - २ बेतेनी बाट बाला तर्फ जादै गरेको बा.प -०२-०४६ प २४६७ नम्बरकाे माेटसाइकल  दुर्घटना हुँदा   माेटरसाइकलकाे पछाडी बस्ने ५६ बर्षिय प्रेम कुमारकाे मृत्युु भएको प्रहरी नायव उपरीक्षक मैनालीले बताए । सिलिचाेङकाे भित्री सडक खण्ड लाेक्छाेङ डाडामा माेटरसाइक अनिन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल खसेर प्रेम कुमारकाे घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनाको जानकारी पाए लगत्तै प्रहरी निरीक्षक मेघराज अर्याल सहितकाे टाेलि घटना  स्थल तर्फ लागेको छ । घटना स्थल सिसुवाटार प्रहरी चाैकीबाट १७ किलोमिटर उत्तरमा पर्दछ । 
भाेजपुरकाे साल्पा सिलिछाे -१ काम्लेटारका २२ बर्षिय आकाश राईले चलाएको माेटरसाइक दुर्घटनामा परेको हाे । 

प्रतिक्रिया