अरुण नदीमा एक जना पुरुष बेपत्ता

barunnews.com

सङ्खुवासभा ४ असोज

सङ्खुवासभाको खादबारी नगरपालिका (९ सतिघाट स्थित अरुण नदीमा एक जना बेपत्ता भएका छन् । खादबारी (९ सतिघाट स्थित अरुण नदीमा पुल माथिबाट हाम्फालेर अन्दाजी ४५ बर्षिय पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत बताउनुभयो । बेपत्ताको पहिचान खुल्न सकेको छैन । शनिबार दिउँसो करिव २ बजे सतिघाटको झोलुङ्गे पुलमाथि बाट हाम्फालेर एक जना पुरुष बेपत्ता भएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो । बेपत्ताको खोजि खोजिका लागि सदरमुकाम खादबारीमा रहेको इन्द्र दल गुल्मको नेपाली सेना, प्रहरी र स्थानीयले खोजि कार्य गरिरहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया