संखुवासभामा एमालेको प्रचारप्रसार कमिटी गठन

barunnews.com

संखुवासभा, माघ १५ 

आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले संखुवासभाले जिल्लाभर सशक्त चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ। प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार  डा .अर्जुनकुमार कार्कीलाई जिताउन वडा, टोल र बस्ती स्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गर्दै जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष खड्ग बहादुर राईले बताए । 

१० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूला पालिकामा ५ सय १ र साना पालिकामा ३ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष राईले जानकारी दिए।  पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्य निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गरिने स्पष्ट पारेको छ। अध्यक्ष राईले माघ १५ देखि फागुन २ गते सम्मको प्रचार तालिकासमेत सार्वजनिक गरेका छन् ।

पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्यहरू निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गरिने स्पष्ट पारेको छ।  एमाले स.खुवासभाले माघ १५ देखि फागुन २ गते सम्मको प्रचारतालिका समेत सार्वजनिक गरेको छ ।  


प्रतिक्रिया