नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापाको उम्मेदवारी दर्ता

barunnews.com


सङ्खुवासभा ६ माघ 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापाको मनोनोयन दर्ता गरेकी छन् । नेपाली कम्युनिष्ट पार्टीबाट कोशी प्रदेशसभाकी पूर्वसांसद सरिता थापाको मनोनयन दर्ता गरेकी हुन् ।  नेपाली कम्युनिष्टले महिला नेतृलाई अघि सारेको हो ।

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आएकी थापाले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएकी छन् । एक मात्र क्षेत्र रहेको सङ्खुवासभामा२२ वटा दल सक्रिय रहेका छन् । जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा एक सय  ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया