संखुवासभामा संम्भाना भएका निकासी योग्य बस्तुहरुको लेवलिङ,ब्राण्डीङ सम्बन्धी ५ दिने तालिम सुरु

barunnews.com

संखुवासभा पुष ६

संखुवासभाको सदरमुकाम खाँदबारीमा संम्भावना भएका निकासी योग्य बस्तुहरुको लेवलिङ,ब्राण्डीङ संम्बन्धी तालिम  सुरु भएको छ । सदरमुकाम खाँदबारीमा संखुवासभा उद्योग बाणिज्य संघको सहकार्य तथा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ब्यापार तथा निकासी प्रवद्धन केन्द्र विराटनगरको आयोजनामा ब्यवसायीहरुलाई निकासी योग्य बस्तुहरुको लेवलिङ,ब्राण्डीङ सम्ंबन्धी ५ दिने तालिम  सुरु भएको छ । 

उद्यमीहरुलाई वस्तु उत्पादन, प्रवद्र्धन, वदैशिक व्यापार प्रवद्धर्न, बजारीकरण सम्बन्धी सीप र ज्ञान दिने उद्दश्ेयले आयोजित ५ दिने तालिम सुरु भएको हो । संम्भावना भएका निकासी योग्य बस्तुहरुको उत्पदान तथा विकास,बजारको पहुँच र खोज,साथै उत्पादित बस्तुहरुको अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी गराउन ब्यवसायीहरुलाई ५ दिन तालिम दिन सुरु गरिएको  तालिमका  उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका बरिष्ठ अधिकृत कृष्णराज बजगाईँले जानकारी दिए । तालिममा निकासी योग्य बस्तुहरुको लेवलिङ,ब्राण्डीङ सम्ंबन्धी प्रशिक्षण हुने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका बरिष्ठ अधिकृत बजगाईँले बताए । यो तालिमले औद्योगिकरण र आत्मनिर्भरसँग जोडेर निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । 

यो तालिमले विदेश पलायन भईरहेका युवा शक्तिलाई रोकेर स्वदेश वस्तु विदेशमा निर्यात गर्न उत्पादनसँग जोड्न मद्दत पुग्ने उद्योग बााणिज्य संघ संखुवासभाका अध्यक्ष डेगराज बस्नेतले बताए ।  तालिमबाट पाएको ज्ञानलाई आफ्नो व्यवसाय र व्यवसायीसँग जोडिने उत्पादन र बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तालिममा जिल्लाका कफि, अलैचीँ, रुद्राक्ष,चिराइतो,अदुवा लगायत विभिन्न ब्यवसायी तथा उद्यममीहरुको सहभागिता जनाएका छन् ।    


प्रतिक्रिया