आयोगले औँल्यायो एमाले भित्रका विसंगति, नेताहरूको जीवनशैली

barunnews.com

काठमाडौँ ।

 नेकपा एमालेको अनुशासन आयोगले कतिपय नेता कार्यकर्ताको जीवनशैली प्रति प्रश्न उठाएको छ । अनुशासन आयोगका अध्यक्ष केशव बडालले दोस्रो विधान महाधिवेशनमा पेस गरेको आफ्नो प्रतिवेदनमा व्यक्तिगत लाभ र अवसरको आशक्ति राजनीतिक क्षेत्रमा समस्याका रूपमा देखिएको भन्दै यो प्रवृत्ति लोकतान्त्रिक मूल्य र सार्वजनिक हितको विपरीत भएको उल्लेख छ ।साथै त्यस्तै प्रवृत्तिले अन्ततः राज्य, समाज र पार्टीलाई नकारात्मक असर गर्ने गरेको आयोगले जनाएको छ । ‘यस्तो अनुचित आशक्तिको कारणले सार्वजनिक क्षेत्रमा रहेका नेताहरूप्रति आम जनतामा नकारात्मक धारणा बनिरहेको छ ।  प्रतिवेदनमा भनिएको छ( ‘यसले गर्दा नेताहरूको सार्वजनिक जीवन विवादित बनिरहेको अवस्था छ । साथै सार्वजनिक जीवनका आकर्षण (ग्ल्यामर) ले कतिपय नेताहरूको जीवनशैली बदलिएको र खर्चालु भएको अवस्था पनि छ । 

त्यस्तै प्रतिवेदनमा विचार र आचरणमा समस्या, पार्टी जीवनमा सांगठानिक अराजकता चुनौतीका रूपमा रहेको पनि उल्लेख छ । आयोगले कतिपय नेताहरूका आफ्ना निहित स्वार्थहरू पुरा नहुँदा तिनीहरू कुण्ठाका रूपमा रहने गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया