जेनजी प्रदर्शन : घटनाको छानबिन गर्न समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

barunnews.com

भदौ २३ 

 काठमाडौं । आज विभिन्न शहरमा जेनजीको अगुवाईमा सुरु शान्तिपूर्ण प्रदर्शन उत्तेजित हुँदा सुरक्षा प्रशासनले जुन अमानवीय रक्तपात मच्चायो, यसको जवाफ गृहमन्त्री र सुरक्षा अधिकृतले मात्रै दिएर पुग्दैन । गृहमन्त्री रमेश लेखकले १९ युवा मारिएकामा नैतिक जिम्मेवारी लिँदै राजीनामा घोषणा गरेका छन् । अब केही अधिकृतहरूको सरुवा र देखावटी कारबाहीसँग यो घटना निप्टारा लगाउने सम्भावना छ । तर यत्तिको भरमा आज राज्यले रचेको निन्दनीय हर्कतको हल हुन सक्दैन । नाति पुस्ताका नागरिकहरुमाथि सत्ताले देखाएको यो त्यस्तो उन्माद हो, जसको जवाफ खुद प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्छ ।

ओली स्वभावले असाध्यै चाम्रा नेता हुन्, जसलाई नागरिकका दुस्खबारे संवेदनशील भएर जवाफ दिन उत्रो रुचि हुँदैन । दुई दिनअघि एमाले विधान महाधिवेशनका दौरान गोदावरीमा कोशी प्रदेशका मन्त्री राम रानाको गाडीले जेब्राक्रसिङमै ठक्कर दिएकी बालिकाबारे उनको जवाफ पूरै आपत्तिजनक थियो । साँच्चै भन्ने हो भने आज सडकमा युवा र किशोरकिशोरी उतार्न उनको त्यो अभिव्यक्तिसमेतले काम गरेको थियो । ओलीले महाधिवेशन समापनका दिन भनेका थिए, ‘सामान्य घटना हो । उपचारको सबै खर्च पार्टीले बेहोर्छ । त्यसभन्दा बढ्ता उछालेर महाधिवेशन भाँड्ने तत्व सक्रिय छन् । सामाजिक सञ्जाल बन्द गराएर महाधिवेशनतर्फ हिँडेका ओली, अनि उक्त दुर्घटनापछि सत्तापक्षले गरेको व्यवहार एउटा दृष्टान्त हो, जसबाट नागरिकको जीउधनमाथि सत्तामा बस्नेहरूले कति अनुदार धारणा राख्छन् भन्ने स्पष्ट हुन्छ । तर दुस्खपूर्वक भन्नुपर्छ, प्रधानमन्त्री ओली तिनै नेता हुन्, जसले आफ्नो पहिलो गृहमन्त्रीकालबारे गर्वसाथ सुनाउने गर्थे । मनमोहन अधिकारी नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार ०५१ सालमा गठन भएको थियो । ओली त्यो तीन दशकअघिको मन्त्रिपरिषद्का गृहमन्त्री थिए । आफ्नो मन्त्रीकालमा कालगतिबाहेक एक जना पनि सरकारको गोलीबाट नमरेको उनको जिकिर हुने गर्थ्यो । एमाले सरकारभन्दा ठिक अघि रहेको कांग्रेस सरकारका पालामा एमालेले चलाएको कर्मचारी आन्दोलन, अनि विभिन्न घटनामा नेपाली नागरिकहरू मारिएका थिए । ओली कांग्रेसलाई सुशासनको जवाफ दिनका लागि भए पनि कटाक्ष गरिरहन्थे । अहिले उनै ओली चौथोपल्ट प्रधानमन्त्री छन् । संयोगवश उनलाई सर्वकालीन प्रतिष्पर्धी पार्टी कांग्रेसको साथ प्राप्त छ । रमेश लेखकलाई देखाएर प्रधानमन्त्री ओली जिम्मेवारीबाट भाग्न पाउँदैनन् । मुलुकको प्रमुख कार्यकारीका लागि राम्रो काम आफ्नो, नराम्रो कांग्रेसको भन्ने दोधारे नीति हुन सक्दैन । १५ चैतमा राजावादीले मच्चाएको तीनकुने ताण्डवको केवल एउटा पाटो थिएन । सुरक्षा पक्षको अव्यवस्थित तयारी, संयोजन र समन्वयको अभावका कारण ठूलो चुक हुन गएको थियो । यति हुँदाहुँदै पनि त्यहाँ २ प्रदर्शनकारी मारिएथे । आज त यो पंक्ति लेख्दासम्म १९ प्रदर्शनकारी युवा मारिएका छन् । सयौं घाइते छन् । वाम(लोकतान्त्रिक भनिनेहरूको शासनमा जनताको जीउधनको कुनै लेखाजोखा छैन । अब पूर्वराजा ज्ञानेन्द्र वा युद्धकालका माओवादी देखाएर आफ्ना नालायकीको ढाकछोप गर्ने अवस्था रहेन । यति बेला नागरिकहरू प्रधानमन्त्री ओलीको जवाफ मागिरहेका छन् । तर ओठे जवाफ होइन, जिम्मेवार जवाफ । याद गरौं, गोदावरी विधान महाधिवेशनका बेला उनले जेनजी आन्दोलनबारे बोलेका छन् । प्रष्टै छ, उनी आजको प्रदर्शनबारे पहिल्यै अवगत थिए । ओलीले जेनका दायित्व र अधिकारबारे त्यहाँ लामै बोलेका छन् । उनले राष्ट्रियताको पाठ पढाउँदै कसैले आफूलाई हेपेको नसहने सम्म भन्न भ्याए । तर आज आफ्नै जनता मारिए । आफ्नै नागरिक मारेर कस्तो राष्ट्र जोगाउन खोज्दैछन् ओली रु

प्रधानमन्त्रीले आफ्ना नागरिकको चित्त बुझाउने गरी प्रष्ट पार्नुपर्छ । एकदम छिट्टै । नत्र नागरिकहरूले आफ्ना माग बढाउँदै लैजान सक्छन् । त्यसबेला उनलाई जुनसुकै जवाफ दिन पनि ढिलो हुन सक्ने छ ।


प्रतिक्रिया